१८ बैशाख २०८१, मंगलबार

जसपाका तीन नयाँ मन्त्री नियुक्त, श्रेष्ठको मन्त्री पद यथावत


इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्र सिंह

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् पुनर्गठन गरेकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले जनता समाजवादी पार्टी (जसपा) का तीन जना नयाँ मन्त्री नियुक्ति गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवाको सिफारिसमा जसपाको तर्फबाट इस्तियाक राईलाई भौतिक पुर्वाधार तथा यातायातमन्त्री, प्रदीप यादवलाई वन तथा वातावरणमन्त्री र मृगेन्द्र सिंह यादवलाई कृषि तथा पशुपन्छी विकास मन्त्रीमा नियुक्ति गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा केही मन्त्रीको नियुक्ति, हेरफेर र कार्यविभाजन गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

जसपाले कृषिमन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधारमन्त्री रेणु यादव र वनमन्त्री राम सहाय यादवलाई सरकारबाट फिर्ता बोलाएर उनीहरुको ठाउँमा अन्य तीन जनालाई नयाँ मन्त्रीको रुपमा पठाएपछि मन्त्रिपरिषद् पुनर्गठन भएको हो ।

यद्यपि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले भने निरन्तरता पाएका छन् । राष्ट्रपतिको कार्यालयले दिएको जानकारीअनुसार नयाँ मन्त्रीहरुको सपथ आज दिउसो ४ बजेको समय तय भएको छ ।

यस्तो छ हेर्नुहोस् राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्ति

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !