१४ बैशाख २०८१, शुक्रबार

नेकपा एमालेको सचिवालय बैठक सुरु, यी एजेण्डामा छलफल हुँदै


एमालेको सचिवालय बैठक

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक केही समयअघि सुरु भएको हो ।

आज सुरु भएको बैठकमा आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल हुने छ । बैठकले आगामी संघीय निर्वाचनलाई लक्षित गरेर नेताहरूलाई विभिन्न जिम्मेवारी दिने पनि तयारी गरेको छ ।

 

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !