१५ बैशाख २०८१, शनिबार

प्रतिनिधिसभाको बैठक बस्‍दै, यस्तो छ आजको सम्भावित कार्यसूची


प्रतिनिधिसभाको बैठक

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । नयाँ वानेश्वरस्थित संघीय संसदको भवनमा दिउसो १ बजे प्रतिनिधिसभाको बैठकमा बस्न लागेको हो ।

संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यक्रमको पहिलो कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन आ.व. २०७७/०७८ पेश गर्ने रहेको छ ।

सम्भावित कार्यक्रमको दोस्रो कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुका साथै लोकसेवा आयोग विधेयक, ०७५ माथि राष्ट्रिय सभाबाट भएको संशोधन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यस्तै सम्भावित कार्यक्रमको तेस्रो कार्यसूचीमा वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादवले ‘ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युटको सहभागितामूलक सदस्यका रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौता पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

यस्तो छ हेर्नुहोस् आजको सम्भावित दैनिक कार्यसूची

सम्भावित दैनिक कार्यसूची


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !