११ जेष्ठ २०८१, शुक्रबार

सरकारको निर्णय : जय पृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा


सरकारको निर्णय

काठमाडौं । सरकारले जय पृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गरेको छ । हिजो सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आज मंगलबार सार्वजनिक गर्दै सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले सो जानकारी दिए ।

नेपालका शिक्षा क्षेत्रको विकास तथा विश्वसामु नेपाललाई चिनाउन पुर्याएको योगदानको कदर गर्दै सरकारले उनलाई राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय ग गरिएको उनले जानकारी दिएका हुन् । योसँगै नेपालका राष्ट्रिय विभूतिको संख्या १८ पुगेको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !