२३ बैशाख २०८१, आइतबार

प्रतिनिधिसभावाट आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक बहुमतले पारित


प्रतिनिधिसभाको बैठक

काठमाडौँ । प्रतिनिधिसभाको बैठकले आर्थिक विधेयक, २०७९ र राष्ट्र ऋण उठाउने विधेयक २०७९ बहुमतले पारित गरेको छ । आज सोमबार बसेको प्रतिनिधिसभा बैठकले यी दुईवटा विधेयक बहुमतले पारित गरेको हो ।

आजको प्रतिनिधिसभाको बैठकमा यी विधेयकमाथि छलफल भएको थियो । छलफलपछि अर्थमन्त्री शर्मालेअर्थमन्त्री जनार्दन शर्माले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए ।

यी विधेयकलाई छलफल भएपछि निर्णयार्थ प्रस्तुत गरिएपछि बहुमतले पारित भएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !