१४ बैशाख २०८१, शुक्रबार

राष्ट्रियसभाद्वारा नीति तथा कार्यक्रम बहुमतले पारित


राष्ट्रियसभा बैठक

काठमाडौं । राष्ट्रिय सभाको आजको वैठकले नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आ.व. २०७९/०८० को लागि सरकारको नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्दा बैठकको बहुमतल पारित गरेको हो ।

नीति तथा कार्यक्रमलाई पारित गर्नुपूर्व बैठकमा दुई दिनसम्म चलको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नहरुको प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले जवाफ दिएका थिए । नीति तथा कार्यक्रममाथि ५ जना सांसदहरुले राखेको संशोधनको प्रस्तावहरुलाई भने बैठकको बहुमतले अस्वीकृत गरेको थियो ।

कानूनमन्त्री कोइरालाको जवाफमा सांसदहरु डा. बेदुराम भुषाल, शेखर कुमार सिंह, डा. विमला राई पौड्याल, भैरवसुन्दर श्रेष्ठ, देवेन्द्र दाहाल र भगवती न्यौपाने स्पष्टीकरण माग गरेका थिए । स्पस्टीकरण मागपछिको जवाफका क्रममा कानूनमन्त्री कोइरालालले सबै जिज्ञासा स्वाभाविक भएको बताउँदै जडिबुटि उत्पादन र प्रशोधनलाई सरकारले प्राथमिकतामा राखेको र आउँदो बजेटमा त्यसलाई समेटिने विश्वास दिएका थिए ।

उनले पेट्रोलियम पदार्थको मूल्य घटबढ हुने कुरा अन्तर्राष्ट्रिय बजारले प्रभावित पार्ने हुँदा त्यसमा सरकारको खासै नियन्त्रण्ण नरहने स्पष्ट पारे । उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विषयमा भने सर्वोच्च अदातलले हिजो मात्र गरेको फैसलाको अझैसम्म पूर्ण पाठ प्राप्त भैनसकेकोले थप कुरा भन्न नसक्ने बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १० गतेको संघीय संसदको संयुक्त बैठकमा सम्बोधन गर्दै नेपाल सरकारको आगामी आ.ब.को नीति तथा कार्यक्रम प्रस्ुतत गरेकी थिइन् । बैठकको अन्त्यमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्सी जेठ १५ गते अपरान्ह ४ बजे बस्ने संघीय संसदको संयुक्त बैठकमा नेपाल सरकारको बार्षिक बजेट प्रस्तुत हुने हँदा सांसदहरुलाई १५ मिनेट अगाडि नै आशनग्रहण गरिसक्न निर्देशन समेत दिएका थिए । राष्ट्रिय सभाको अर्को वैठक यही जेठ १५ गते दिउँसो ३ का लागि डाकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !