२३ बैशाख २०८१, आइतबार

राष्ट्रिय योजना आयोगले सिफारिस नगरेका आयोजनाले अव बजेट नपाउने


सरकारको नीति तथा कार्यक्रम विद्यादेवी भण्डारी

काठमाडौँ । राष्ट्रिय योजना आयोगले सिफारिस नगरेका आयोजनालाई सरकारले बजेट नदिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आयोगबाट सिफारिस नभएका आयोजनाले बजेट नपाउने बताएकी हुन् ।

उनले पूर्व तयारी नभएका र आयोजना बैंकमा प्रविष्ट नभएका आयोजनाले समेत बजेट नपाउने बताएकी छन् । आगामी आर्थिक वर्षदेखि आयोजनाले बजेट पाउनका लागि राष्ट्रिय योजना आयोगले सिफारिस गर्नै पर्ने व्यवस्था सरकारले लागू गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !