१४ बैशाख २०८१, शुक्रबार

राष्ट्रपति भण्डारीद्वारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत


सरकारको नीति तथा कार्यक्रम विद्यादेवी भण्डारी

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दै छ । सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले आज केहीबेर अघिदेखि संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छिन् ।

नीति तथा कार्यक्रम आन्तरिक उत्पादन वृद्धि, आयात प्रतिस्थापन, चुनावमुखी लोकप्रिय कार्यक्रम लगायतमा केन्द्रित हुने बताइएको छ । सरकारले आज संसदमा प्रस्तुत गर्ने नीति तथा कार्यक्रमका आधारमा आगामी जेठ १५ गते बजेट संसदमा सार्वजनिक गर्नेछ ।

जेठ ३ गते सुरु भएको संसद्को बजेट अधिवेशनमा आगामी बजेटको सैद्धान्तिक छलफल सम्पन्न भईसकेपछि राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । नेपालको संविधानबमोजिम जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने अनिवार्य व्यवस्था छ ।

आगामी आर्थिक वर्षमा विदेशी लगानी भित्र्याउन सहज वातावरण बनाउने, निजी क्षेत्रमैत्री नीति ल्याउने, करको दायरा विस्तार गर्नेदेखि स्वदेशमै उत्पादन सम्भव भएको कृषिजन्य वस्तुको उत्पादनमा जोड दिने तयारी छ ।

नीति तथा कार्यक्रममा कषि र उद्योगलाई पहिलो प्राथमिकतामा राखिएको छ भने विस्तारकारी, प्रगतिशील र निर्यात निरुत्साहनमुलक कर नीति लिने विषयलाई पनि समेटिएको छ । यस्तै संघीयता र पूर्वाधारलाई महत्व दिएको छ भने सामाजिक सुरक्षामा जोड दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !