२० बैशाख २०८१, बिहिबार

व्यास नगरको प्रमुख र उपप्रमुखमा कांग्रेस अग्रस्थानमा


नेपाली कांग्रेस रुख

तनहुँ । व्यास नगरपालिकामा बुधबार साँझदेखि थालिएको मतगणना हालसम्म जारीे रहेको छ । कूल खसेको ३० हजार २४७ मतमध्ये २४ हजार १८७ मतगणना भएको छ । मत गणनामा शनिबार दिउँसोसम्म स्वतन्त्र उम्मेदवारले अग्रता कायम गर्दै आए पनि साँझदेखि नेपाली कांग्रेस अग्रस्थानमा रहेको छ ।

आइतबार बिहानसम्मको मतपरिणाम अनुसार कांग्रेसका बैकुण्ठ न्यौपानेले नौ हजार ८२२ र स्वतन्त्र उम्मेदवार दीपकराज जोशी नौ हजार ६०६ मत पाएका छन् । कांग्रेस २१७ मतले अग्रस्थानमा रहेको छ ।

त्यसैगरी उपप्रमुखमा कांग्रेसकी इन्दिरा दरैले दश हजार ९१३ र एमालेकी बसुन्धरा घर्तीले ८ हजार ३ सय ७ मत पाएकी छन् । चौध वटा वडा रहेको यस नगरपालिकामा अब कूल छ हजार ६० मतगणना गर्न बाँकी छ ।

सोमबार बिहानसम्म सबै नतिजा सार्वजनिक गर्ने लक्ष्य रहेएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !