१९ बैशाख २०८१, बुधबार

धनगढी उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित


गोपाल हमाल

धनगढी । सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीको प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले निर्वाचित भएका छन् । हमालले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवार नृपबहादुर वडलाई झण्डै दोब्बर मतको अन्तरले पराजित गरेका हुन् ।

कुल खसेको ६३ हजार ७१५ मतमध्ये विजयी भएका हमालले २६ हजार ८६५ मत प्राप्त गरेका छन् । निकटतम् प्रतिस्पर्धी ओडले १४ हजार ८१७ मत मात्रै ल्याएका छन् भने तेस्रो भएका एमालेका रणबहादुर चन्दले ९ हजार ११५ मत मात्र ल्याएका छन् ।

उपप्रमुखमा उपमेयरमा एमालेकी कन्दकला राना निर्वाचित भएकी छिन् । उनले १५ हजार ४७९ मत प्राप्त गरेर निर्वाचित भएकी हुन् भने उनकी निकटतम प्रतिस्पर्धी सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रकी शान्ति अधिकारीले १२ हजार ६७० मत मात्रै ल्याएकी छन् । एमालेकी रानाले माओवादी केन्द्रकी अधिकारीलाई २८०९ मतान्तरले पराजित गरेकी हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !