झलनाथको क्षेत्र सूर्योदय नगरपालिकामा समाजवादीका राई निर्वाचित Nepalpatra झलनाथको क्षेत्र सूर्योदय नगरपालिकामा समाजवादीका राई निर्वाचित
१४ असार २०७९, मंगलबार

झलनाथको क्षेत्र सूर्योदय नगरपालिकामा समाजवादीका राई निर्वाचित


रणबादुर राई

मङ्गलबारे । पूर्वप्रधानमन्त्री झलनाथ खनालको क्षेत्र इलामको सूर्योदय नगरपालिका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का रणबादुर राई (आरबी) विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार काजीमान कागतेलाई एक हजार ८५२ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

काजीमानले १० हजार ५७९ मत ल्याएका छन् । राईले १२ हजार ४३१ मत पाएका छन् । उनी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका थिए । राई यसअघिसमेत यस नगरपालिकाको प्रमुखमा थिए ।

उपप्रमुख पदमा पनि गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार दुर्गाकुमार बराल विजयी बनेका छन् । उनी ११ हजार ८५४ मतसहित विजयी भएका छन् । उनकी निकटतम प्रतिस्पर्धी एमालेकी उम्मेदवार दुर्गादेवी भट्टराईले नौ हजार १२२ मत ल्याएका छन् ।

भट्टराई निवर्तमान नगर उपप्रमुखसमेत हुन् । १४ वटा वडा रहेको यो नगरपालिका जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह हो । यस पालिकाको मत परिणाम सार्वजनिक भएसँगै जिल्लाका सबै पालिकाको मतगणना सम्पन्न भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !