१४ बैशाख २०८१, शुक्रबार

झापाको बिर्तामोडमा प्रमुख र उप्रमुखमा एमाले विजयी


नेकपा (एमाले)

झापा । बिर्तामोड नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी बनेको छ । प्रमुखमा पवित्रा महतरा र उपप्रमुखमा नगेन्द्र सङ्ग्रौला विजयी बनेका छन् ।

महतराले नेपाली कांग्रेसका भोजराज सिटौलालाई तीन हजार ७५८ मतले पराजित गरेका छन् । उनले १६ हजार ५२० मत प्राप्त गर्नुभएको छ भने सिटौलाको १२ हजार ७६२ मत मात्र आएको छ ।

यसैगरी उपप्रमुखमा सङ्ग्रौला १५ हजार ५८६ मत प्राप्त गरी विजयी बनेका हुन् । उनका निकटम् प्रतिस्पर्धी सिपी कडरियाले आठ हजार ४५१ मत प्राप्त गरेका छन् । यसअघिको कार्यकाल बिर्तामोडको उपप्रमुख रहेकी महतरा जिल्लामा नगरपालिकाको प्रमुखमा निर्वाचित हुने पहिलो महिला बनेकी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु