१९ बैशाख २०८१, बुधबार

कैलालीको जोशीपुरमा रेशम चौधरीकी श्रीमतीको नागरिक उन्मुक्ति पार्टी विजयी


नागरिक उन्मुक्ति पार्टी

टीकापुर । कैलालीको जोशीपुर गाउँपालिकामा रेशम चौधरीकी श्रीमती श्रेष्ठ रञ्जिताको नेतृत्वमा रहेको दल नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ । उक्त पार्टी निलम्बित प्रतिनिधिसभा सांसद रेशम चौधरीको अगुवाइमा गठन गरिएको हो ।

सो गाउँपालिकाको अध्यक्षमा चित्रबहादुर चौधरी विजयी भएका हुन् । नागरिक उन्मुक्ति पार्टीका चौधरी ४ हजार ९०३ मत प्राप्त गरी विजयी भएका हुन् । उनले नेपाली कांग्रेसका वंशराम बडायकलाई पराजित गरेका हुन् ।

उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीकै रेखादेवी कठरिया ४ हजार ५८१ मत प्राप्त गरी विजयी भएका छन् । वडा नं ७ को वडाध्यक्षमा नेकपा (एमाले)का बमबहादुर शाह ६६४ मत प्राप्त गर्दै विजयी भए ।

महिला सदस्यमा एमालेकै गौरादेवी जैसी, दलित महिला सदस्यमा नागरिक उन्मुक्तिका इसराकुमारी टमटा, खुला सदस्यमा नेपाली कांग्रेसका तेजप्रकाश हमाल र हिराप्रसाद चौधरी विजयी भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !