१४ बैशाख २०८१, शुक्रबार

भरतपुरमा रेनु दाहालको ३३७ मतको अग्रता, पछ्याउँदै एमालेका सुवेदी


रेनु दाहाल, विजय सुवेदी र जगन्नाथ पौडेल

चितवन । भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फवाट मेयरको साझा उम्मेदार बनेकी रेनु दाहालले फराकिलो अग्रता कायमै राखेकी छन् भने नेकपा एमालेको तर्फवाट उम्मेदवार बनेका विजय सुवेदीले दाहाललाई पछ्याउँदै छन् ।

२१६५२ मत गन्दा माओवादी केन्द्रकी रेनुले एमालेका उम्मेदवार सुवेदीलाई ३३७ मतले पछि पारेकी छन् । पछिल्लो मत परिणाम अनुसार दाहालले ७३९४ मत प्राप्त गरेकी छन् भने सुवेदीले ७०५७ मत ल्याएका छन् ।

त्यस्तै कांग्रेसका बागी भएर स्वतन्त्र रुपमा उम्मेदवार बनेका जगन्नाथ पौडेलले ३५८९ मत ल्याएका छन् । यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका उमेदवार चित्रसेन अधिकारीले ८९५६ मत प्राप्त गरेका छन् भने राप्रपाकी उमेदवार हिमला गुरुङले ५८३० मत ल्याएकी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !