२६ बैशाख २०८१, बुधबार

भरतपुरमा गठबन्धनकी रेनु दाहालको ३ हजार भन्दा बढीको अग्रता


रेनु दाहाल, विजय सुवेदी र जगन्नाथ पौडेल

चितवन । भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फवाट मेयरको साझा उम्मेदार बनेको रेनु दाहालले नेकपा एमालेको तर्फवाट उम्मेदवार बनेका विजय सुवेदीलाई फराकिलो मतको अग्रताले अगाडि रहेकी छन् भने सुवेदीलाई पछ्याउँदै छन् ।

४२७५० मत गन्दा माओवादी केन्द्रकी उम्मेदवार रेनुले एमालेका सुवेदीले ३२५८ मतले पछि पारेकी हुन् । पछिल्लो मत परिणाम अनुसार दाहालले १६२३५ मत ल्याएकी छन् भने सुवेदीले १२९७७ मत प्राप्त गरेका छन् ।

त्यस्तै कांग्रेसका बागी भएर स्वतन्त्र रुपमा उम्मेदवार बनेका जगन्नाथ पौडेलले ६६८७ मत ल्याएका छन् । यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका उमेदवार चित्रसेन अधिकारीले १८७७६ मत प्राप्त गरेका छन् भने राप्रपाकी उमेदवार हिमला गुरुङले १०४१९ मत ल्याएकी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !