२ आश्विन २०८१, बुधबार

ललितपुर महानगरमा कांग्रेसका चिरीबाबुको अग्रता कायमै


चिरिबाबु महर्जन र हरिकृष्ण व्यंजनकार

ललितपुर । ललितपुर महानगरपालिकामा ४०० मत गणना हुँदा नेपाली कांग्रेसका चिरीबाबु महर्जनको अग्रता रहेको छ । वडा नं १ मा गणना भइरहँदा महर्जनले २०५ र प्रमु्खमा नेकपा (एमाले) का उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले १५६ मत ल्याएका छन् ।

नेकपा (एमाले)की मञ्जली शाक्यले १४४ मत र नेकपा (माओवादी केन्द) का बाबुराजा बज्राचार्यले ५६ मत ल्याएका छन् ।

बिहान ललितपुर महानगरपालिकामा प्रमुखमा नेपाली कांग्रेसबाट चिरीबाबु महर्जन, एमालेबाट हरिकृष्ण व्यञ्जनकार, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अष्टबहादुर महर्जनलगायत प्रमुखको उम्मेदवार छन् ।

उपप्रमुखमा एमालेबाट मञ्जली शाक्य (आस्था), माओवादी केन्द्रबाट बज्राचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट स्वर्णिमा शाक्यलगायले उम्मेदवार छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !