१४ बैशाख २०८१, शुक्रबार

विराटनगर महानगरको मतगणना जारी


विराटनगर महानगरपालिका

मोरङ । विराटनगर महानगरपालिकाको वडामा मतगणना जारी रहेको छ । विराटनगरको ६ वटा वडाको मतगणना कार्य आज बिहान १० बजेदेखि सुरु भएको छ ।

महानगरमा रहेको १९ वडामध्ये १, २, १६, १७, १८ र १९ नं को मतगणना सुरु भएको मुख्य निर्वाचन कार्यालय विराटनरका सूचना अधिकारी होमबहादुर बुढाथोकीले जानकारी दिए ।

विराटनगर महानगरपालिकामा एक लाख ३३ हजार १४२ मतदाता रहेकोमा ८९ हजार ६७८(६७ दशमलव ३५ प्रतिशत) मतदान भएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !