१४ बैशाख २०८१, शुक्रबार

ललितपुरका ४ पालिकाको मतगणना सुरु, महानगरमा सर्वदलीय बैठक


मतगणना सुरु फाइल फोटो

ललितपुर । ललितपुर जिल्लाका ६ पालिकामध्ये ४ पालिकामा मतगणना सुरु भएको छ भने दुई पालिकामा सुरु गर्ने तयारी गरिएको छ । ललितपुर महानगरपालिकामा ७ बजेदेखि सर्वदलीय बैठक सुरु भएको छ ।

सो बैठक सकेर मतगणना सुरु हुने जिल्ला निर्वाचन अधिकृत गोमा धमला घिमिरेले जानकारी दिए । गोदावरी नगरपालिकामा गएराति १ बजेदेखि मतगणना सुरु भएको थियो ।

जिल्लाका दक्षिणी भेगमा पर्ने बागमती , कोञ्जेसोम र महाङ्काल गाउँपालिकामा गएराति अबेरदेखि नै मतगणना सुरु भएको बताइएको छ ।

महालक्ष्मी नगरपालिकामा आज ११ बजेदेखि मात्रै गणना सुरु हुने भएको छ । राति बसेको सर्वदलीय बैठकले सो निर्णय गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !