१४ बैशाख २०८१, शुक्रबार

तनहुँको रिस्तीमा ९९ वर्षीय गुरुङले गरे मतदान


वृषसिं गुरुङ

दमौली । तनहुँको व्यास नगरपालिका–८ रिस्तीका ९९ वर्षीय वृषसिं गुरुङले स्ट्रेचरमा मतदान केन्द्रसम्म पुगेर मतदान गरेका छ । स्थानीय तह निर्वाचनका लागि उहाँले आज गाउँ विकास समिति मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

लामो समयदेखि अशक्त गुरुङको हालै मात्रै प्रोष्टेटको शल्यक्रिया गरिएको थियो । घरदेखि दश मिनेटको दूरीमा अवस्थित मतदान केन्द्रसम्म गुरुङलाई आफन्तको सहयोगमा ल्याइएको थियो ।

यसैगरी म्याग्दे गाउँपालिका–१ गुणादीस्थित माहेन्द्री मावि मतदान केन्द्रमा ९२ वर्षीय नारायणदत्त खनालले पनि मतदान गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !