१४ बैशाख २०८१, शुक्रबार

देउवाले पश्चिम सेती फेरि भारतलाई दिने घोषणा गर्नु गम्भीर राष्ट्रघात हो : नेता रावल


भीम रावल

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती फेरि भारतलाई दिने घोषणा गर्नु गम्भीर राष्ट्रघात भएको बताएका छन् ।

सामाजिक संजाल ट्वीटरमा आज लेख्दै नेता रावलले प्रधानमन्त्री देउवाले फेरि पश्चिम सेती भारतलाई दिने घोषणा गरेकोमा आपत्ति प्रकट गरेका हुन् ।

नेता रावलले कांग्रेसको सभापति र प्रधानमन्त्री भएपछि नेपालका नदीनाला विदेशीको हातमा बेच्नै पर्ने के रोग रहेछ ! भनेर आश्चर्य व्यक्त समेत गर्दै व्यंग गरेका हुन् ।

रावलले प्रधानमन्त्री देउवाले फेरि पश्चिम सेती भारतलाई दिने घोषणा गरेमा विगतमा महाकाली सन्धिमा गरेको जस्तो राष्ट्रघात नदोहोरियोस् भनेर पनि सचेत गराएका छन् । उनले संसद र दलमा प्रयाप्त छलफल नगरी पश्चिम सेती भारतलाई टक्य्राउने कुकर्म नहोस् भनेर सरकारलाई ध्यानकर्षण समेत गराएका छन् ।

उनले लेखेका छन्, ‘कांग्रेसको सभापति र प्रमं भएपछि नेपालका नदीनाला विदेशीको हातमा बेच्नै पर्ने के रोग रहेछ!प्रमं देउवाले फेरी पश्चिम सेती भारतलाई दिने घोषणा गरेका छन् । महाकाली सन्धिमा देउवाले गरेको राष्ट्रघात नदोहोरियोस् ।संसद र दलमा प्रयाप्त छलफल नगरी पश्चिम सेती भारतलाई टक्य्राउने कुकर्म नहोस् ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !