१४ बैशाख २०८१, शुक्रबार

केशव स्थापित मानसिक विचलन भइसकेका व्यक्ति हुन् : सभापति बाँनिया


कृष्ण बानियाँ सबुज

काठमाडौं । नेपाली कांग्रेस काठमाडौं जिल्लाका सभापति कृष्ण बानियाँ सबुजले एमालेको तर्फवाट काठमाडौं महानगरको मेयरका उम्मेदवार केशव स्थापित मानसिक विचलन भइसकेका व्यक्ति भएको आरोप लगाएका छन् ।

काठमाडाैंको रत्नपार्कस्थित शान्ति वाटिकामा पाँच दलीय सत्ता गठबन्धनले आज आयोजना गरेको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै सभापति बाँनियाले एमालेको काठमाडौं महानगरका उम्मेदवार स्थापितको आलोचना गरेका हुन् ।

बानियाँले गठबन्धनको तर्फवाट साझा उम्मेदवार बनेकी मेयर सिर्जना सिंह र उपमेयर रामेश्वर श्रेष्ठलाई जिताउन कार्यकर्तालाई आग्रह समेत गरेका छन् ।उनले सिंह र श्रेष्ठलाई जिताउनुको विकल्प नरहेको पनि बताए ।

उनले स्थापितसँग महिलासँग भोट माग्ने अधिकार नभएको दाबी गरे । उनले स्थापितलाई ‘नौटंकी’को आरोप समेत लगाए । उनले काठमाडौंका पूर्वमेयर पीएल सिंहको नेतृत्वमा बनेको कार्यक्रमले नै अघि बढेको र एमालेले आफूले ठूलो गरेको जस्तो देखाएको समेत दाबी गरे ।

उनले अहिले काठमाडौंमा शिक्षा, स्वास्थ्य अस्तव्यस्त भएको र विकास निर्माणका काम चुस्त दुरुस्त हुन नसकेको बताए । बानियाँले एमालेप्रति संकेत गर्दै काल्पनिक कुरा मात्रै गर्ने गरेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !