२२ बैशाख २०८१, शनिबार

भरतपुरमा रेनुको टिमको जित सुनिश्चित छ, द्विविधामा नपर्नुहोस् : शंकर भण्डारी


शङ्कर भण्डारी फाइल फोटो

काठमाडौं । पूर्वमन्त्री समेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले चितवनको भरतपुर महानगरपालिकाकी सत्ता गठबन्धनको तर्फवाट मेयरको साझा उम्मेदवार बनेकी रेनु दाहालको जित सुनिश्चित भएको बताएका छन् ।

पाँच दलीय सत्ता गठबन्धनको आज चितवनको भरतपुरमा आयोजना गरेको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै भण्डारीले भरतपुरमा रेनुको जित सुनिश्चित भएकोले द्विविधामा नपर्न आग्रह गरेका हुन् ।

उनले गठबन्धन कांग्रेसको निर्णयको विषय मात्रै नभएर मुलुकको राष्ट्रिय आवश्यकताको विषय पनि भएका जिकिर गरेका छन् । उनले गठबन्धन सफल रुपमा अवतरण गरिने बताउदै काँग्रेसका कार्यकर्तालाई विचलित नहुन अनुरोध समेत गरेका छन् ।

उनले कांग्रेस सहभागी भएको गठबन्धन मात्र सफल भएको भन्दै अहिलेको गठबन्धन सफल हुने जिकिर गरे । उनले ४६ पछि नेपालको राजनीतिक अवस्थाको मूल्याङ्कन गर्दा पनि काँग्रेससँगको गठबन्धन नै सफल भएको दावी गरे ।

उनले कुनै दुविधामा नपर्न आग्रह गर्दै निर्वाचनपछि काँग्रेसको उच्चस्तरीय टोली चितवन आएर सबैसँग छलफल गरेर सबैको चित्त बुझाउने आश्वाशन समेत दिए । भण्डारीले गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन काँग्रेसका नेता कार्यकर्ताहरूलाई आग्रह समेत गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !