१४ बैशाख २०८१, शुक्रबार

देउवा सरकारले गरेको आईजीपी नियुक्तिविरुद्ध सर्वोच्च पुगे एआईजी पोखरेल


विश्वराज पोखरेल

काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । आईजीपी नियुक्तिविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले आज सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

महानिरीक्षक नियुक्तिमा असहमति जनाउँदै एआईजी पोखरेलले सर्वोच्चमा रिट निवेदन दिएका हुन् । वरीयता मिचेर आफूभन्दा १६ महिना जुनियर एआईजी धीरजप्रताप सिंहलाई आईजीपी बनाइएको भन्दै एआईजी पोखरेलले रिट निवेदनमा पोखरेलले आईजीपी नियुक्तिको निर्णय बदरको माग गरेका हुन् ।

सरकारले आइतबार सिंहलाई आईजीपी नियुक्त गरेको थियो । सिनियरलाई पाखा लगाउँदै आईजीपी नियुक्त गरिएको भन्दै सत्तारूढ दल नेपाली कांग्रेसकै नेताहरूले सरकारको चर्को विरोध गरिरहेका छन् ।

एआईजी सिंहले आजै दर्ज्यानी चिन्ह समेत लगाएका छन् । आईजीपी नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयप्रति असहमति जनाउँदै एआईजी पोखरेलका साथै अर्का एआईजी सहकुल थापाले सार्वजनिक रुपमै असन्तुष्टि व्यक्त गर्दै आएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !