४ जेष्ठ २०८१, शुक्रबार

पोखराको मेयरमा समाजवादीका धनराज आचार्यले गरे उम्मेदवारी दर्ता


धनराज आचार्य

पोखरा । पोखरा महानगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्यले आफ्नो उम्मेदवारी दर्ता गरेका छन् । यस्तै उपमेयरमा कांग्रेसकी कोपिला रानाभाटले पनि उम्मेदवारी दर्ता गराएकी छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पाँच दलीय गठबन्धनका तर्फबाट पोखराको मेयर र उपमेयरमा उनीहरु दुवै जनाले उम्मेदवारी दर्ता गराएका हुन् । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनले पोखरा महानगरपालिकाको मेयरमा आचार्य र उपमेयरमा रानाभाटलाई उम्मेदवार बनाएको थियो ।

उम्मेदवारी दर्ताका क्रममा पत्रकारसँगको कुराकानीमा गठबन्धनका तर्फबाट प्रमुख पदका उम्मेदवार आचार्यले निर्वाचित भएसँगै पोखराको समुन्नति र आम पोखरेलीको अपेक्षा अनुरुप काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रमुख दल सहित अन्य राजनीतिक दल एवम् स्वतन्त्र उम्मेदवारले निर्वाचन अधिकृतको कार्यलयमा आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराइरहेका छन् । यस्तै कांग्रेसका नेता ऋषि सापकोटाले पोखरा महानगरपालिकाको मेयरमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् ।

आज साँझ ५ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवारीको मनोनयनको आज दोस्रो तथा अन्तिम दिन हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !