२१ बैशाख २०८१, शुक्रबार

ललितपुरको मेयरमा काँग्रेसका चिरिबाबु महर्जनले गरे उम्मेदवारी दर्ता


चिरिबाबु महर्जन

काठमाडौँ । ललितपुर महानगरपालिकाको मेयरमा प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका चिरिबाबु महर्जनले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा पुगेर काँग्रेसवाट ललितपुरको मेयरमा उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धनले आज बिहान काँग्रेसका महर्जनलाई ललितपुर महानगरपालिकाको मेयरमा उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

ललितपुरका वर्तमान मेयर महर्जनलाई कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरमा महर्जनलाई नै टिकट दिएको हो । कांग्रेस सभापति शेरबहादुर देउवानिकट महर्जनलाई आज सोमबार विहान टिकट पक्का भएको हो ।

मेयरको उम्मेदवारका लागि महर्जनसँगै शेखर कोइराला समूहका प्रेमकृष्ण महर्जन र चन्द्र महर्जनले पनि दावेदारी गर्दै आएका थिए ।

आज साँझ ५ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवारीको मनोनयनको आज दोस्रो तथा अन्तिम दिन हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !