२५ बैशाख २०८१, मंगलबार

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै


काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको हिजो बस्ने भनिएको बैठक आजका लागि सारिएको थियो ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको उम्मेदवारीबारे छलफल गर्न हिजो शुक्रबार आह्वान गरिएको बैठक आज बस्ने गरी स्थगित गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ११ बजे बस्ने बैठकमा उपस्थितिका लागि केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको अनिवार्य उपस्थितिका लागि निर्देशानुसार अनुरोध समेत गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !