१४ बैशाख २०८१, शुक्रबार

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सर्यो, भोलि बिहान बस्ने


काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति

काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको उम्मेदवारीबारे छलफल गर्न आज शुक्रबार आह्वान गरिएको बैठक भोलि बस्ने गरी स्थगित गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा भोलि बिहान ११ बजे बस्ने बैठकमा उपस्थितिका लागि केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको अनिवार्य उपस्थितिका लागि निर्देशानुसार अनुरोध समेत गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !