२१ बैशाख २०८१, शुक्रबार

काठमाडौंका सिडिओलाई कारवाही गर्ने अदालतको चेतावनी


ललितपुर । ललितपुर जिल्ला अदालतले काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई कारवाही गर्ने चेतावनी दिएको छ । न्यायाधीश रामप्रसाद बस्यालको इजलासले एक आदेश गर्दै सिडिओलाई कारवाही गर्ने चेतावनी दिएका हुन् ।

सिडिओले दूषित नामसारी निर्णय दर्ता बदर सम्बन्धी परेको रिटमा प्रतिवादीको कागजातको प्रतिलिपि र अदालतले माग गरेको विवरण उपलब्ध नगराएको भन्दै अदालतले कारवाहीको चेतावनी दिएको हो ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !