२५ बैशाख २०८१, मंगलबार

गठबन्धनको शक्ति देखेर केपी ओली थरथरी कामिरहेका छन् : वरिष्ठ नेता पौडेल


रामचन्द्र पौडेल फाइल फोटो

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान पाँच दलीय सत्ता गठबन्धनको शक्ति देखेर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली थरथरी कामिरहेका बताएका छन् ।

नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ५३ औं स्थापना दिवस अवसरमा आयोजना गरेको ‘निर्वाचनमा नेविसंघको भूमिका विषयक विचार गोष्टी कार्यक्रम’ लाई संबिधान गर्दै नेता पौडेलले सत्ता गठबन्धनलाई तोड्न षड्यन्त्र समेत भई रहेको आरोप लगाए ।

उनले लोकतन्त्रलाई बचाउन अहिले गठबन्धनको आवश्यकता समेत रहेको बताए । नेता पौडेलले चुनावी गठबन्धन बनेको देखेर ओली आत्तिएको बताएका हुन् । गठबन्धनको शक्ति देखेर ओली आत्तिएर सन्तुलित अभिव्यक्ति दिन समेत छोडेको उनले बताए ।

अहिलेको गठबन्धन संविधान र व्यवस्था नै सिध्याउन खोज्ने ओलीको अधिनायकवादका विरुद्धमा भएको उनले स्पष्ट पारेका छन् । उनले यो खाली शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि मात्र बनेको गठबन्धन नभएको स्पष्ट पारे ।

उनले विद्यार्थी भनेको लोकतन्त्रको पहरेदार समेत भएको बताएका छन् । लोकतन्त्रलाई जोगाउन विद्यार्थीलाई समेत आग्रह समेत गरेका छन् । उनले विद्यालय तहमा ८ कक्षामा भन्दा माथिका सवै विद्यार्थीलाई नेविसंघको सदस्यता प्रदान गर्नुपर्ने समेत बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !