२३ बैशाख २०८१, आइतबार

समान अवसर र विभेद-रहित समाज आजको विकास मान्यता हो : प्रदिप पौडेल


प्रदीप पौडेल

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले समृद्धि आर्थिक पक्ष मात्रै नभई सामाजिक विभेदको अन्त्य पनि रहेको बताएका छन् ।

नेता पौडेलले समान अवसर र विभेद-रहित समाज आजको विकास मान्यता रहेको बताएका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा एक स्टाटस लेख्दै दोश्रो जनआन्दोलनको मर्मलाई समातेर दलित, मधेसी, जनजाति, महिला लगायतका समुदायको मुद्धालाई समेट्न कांग्रेसले सशक्त पहलकदमी लिनुपर्ने बताएका छन् ।

नेता पौडेलले लेखेका छन् “समृद्धि आर्थिक पक्ष मात्रै होइन;सामाजिक विभेदको अन्त्य पनि हो । समान अवसर र विभेद-रहित समाज आजको विकास मान्यता हो । त्यसैले, दोश्रो जनआन्दोलनको मर्मलाई समातेर दलित, मधेसी, जनजाति, महिला लगायतका समुदायको मुद्धालाई समेट्न कांग्रेसले सशक्त पहलकदमी लिनुपर्छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !