२२ बैशाख २०८१, शनिबार

गठबन्धनका शीर्ष नेताहरुको बैठकपछि प्रचण्डको पत्रकार सम्मेलन जारी


प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेको पत्रकार सम्मेलन जारी रहेको छ । सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक सकिएपछि अध्यक्ष प्रचण्डले पत्रकार सम्मेलन गरेका हुन् ।

आजै पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरुको बालुवाटारमा बैठक बसेको थियो । प्रचण्डले कोटेश्वरस्थित पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेका हुन् ।

पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले स्थानीय निर्वाचनको तयारी, गठबन्धन दलमा तालमेल, उम्मेदवारी चयन, समसामयिक राजनीति लगायत विषयमा पार्टीको धारणा सार्वजनिक गर्ने भएका छन् ।

गठबन्धनका शीर्ष नेतासहितको बैठकमा आसन्न स्थानीय तह निर्वाचनमा गठबन्धनबीच महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डा र चुनावी तालमेलका विषयमा छलफल भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !