२० बैशाख २०८१, बिहिबार

गगन थापा भन्छन्- चुनाव हारे हारौंला, कांग्रेसले तालमेल गर्नुहुदैन


गगन थापा फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले घुमाउरो शैलीमा स्थानीय तहको निर्वाचनमा काँग्रेसले तालमेल गर्नु नहुने पुन: दोहोर्याएका छन् । महामन्त्री थापाले पार्टीको काठमाडौं क्षेत्र नम्बर ४ को प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेसले स्थानीय चुनाव हारेपनि कुनै हालतमा तालमेल गर्नु नहुने स्पष्ट पारेका हुन् ।

थापाले कांग्रेसका कोही नेता तालमेलको पक्षमा नरहेको बताउदै निर्वाचनमा हारजित स्वाभाविक भएकोले त्यहीअनुसार अघि बढ्नु कार्यकर्तालाई निर्देशन समेत दिएका हुन् । उनले आफू विभिन्न जिल्लाका नेता-कार्यकर्तासँग सम्पर्कमा रहेको सुनाउदै ५० भन्दा बढी जिल्लाका पार्टीका मतदातादेखि नेता-कार्यकर्ता तालमेलको विपक्षमा रहेको खुलासा गरेका हुन् ।

आम पार्टीका नेता-कार्यकताहरु विचार प्रमुख भन्ने कुरामा अडिग रहेको समेत बताउदै जबरजस्ती तालमेल लाद्ने हो भने सोचेभन्दा मतदाता भड्किएर फरक व्यवहार गर्न सक्ने भन्दै अरु पार्टीमा मत जानुको साथै बितृष्णा समेत पैदा हुनसक्ने संकेत गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !