२२ बैशाख २०८१, शनिबार

गठबन्धनका शीर्ष नेताहरुको बैठकलगत्तै प्रचण्डले किन गर्दैछन् पत्रकार सम्मेलन ?


प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक सकिएलगत्तै अध्यक्ष प्रचण्डले आखिर किन पत्रकार सम्मेलन गर्न लागे ? भन्ने जिज्ञाशा बढेको छ ।

पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक अहिले बालुवाटारमा जारी रहेको छ । प्रचण्डले आज दिउँसो १ बजे कोटेश्वरस्थित पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले स्थानीय निर्वाचनको तयारी, गठबन्धन दलमा तालमेल, उम्मेदवारी चयन, समसामयिक राजनीति लगायत विषयमा पार्टीको धारणा सार्वजनिक गर्न लागेका हुन् ।

गठबन्धनका शीर्ष नेतासहितको बैठकमा आसन्न स्थानीय तह निर्वाचनमा गठबन्धनबीच महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डा र चुनावी तालमेलका विषयमा छलफल जारी रहेको छ ।

सत्ता गठबन्धनमा स्थानीय निर्वाचनमा गर्ने भनिएको चुनावी तालमेलको विषय दलहरूका आ-आफ्नै अडानमा कायम रहँदा मनोनयनपत्र दर्ताको समय नजिकिँदा समेत उम्मेदवार चयनलगायत विषयमा छाँयामा परेको छ ।

सत्तारूढ पाँच दलीय गठबन्धनप्रति नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले असन्तुष्टि व्यक्त गर्दै गठबन्धन छाड्ने चेतावनी समेत दिएका छन् । एकीकृत समाजवादीलाई सम्मानजनक सिट नदिने संकेत पाएका अध्यक्ष नेपालले सार्वजनिक रूपमै असन्तुष्टि व्यक्त गरेका छन् ।

यो पनि पढ्नुहोस्

बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको बैठक शुरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !