२२ बैशाख २०८१, शनिबार

पोखराको मेयरका लागि नेकपा (एस) बाट १३ जनाको नाम सिफारिस


एकीकृत समाजवादी चुनाव चिन्ह

पोखरा । नेकपा (एकीकृत समाजवादी)ले पोखरा महानगरपालिकाको मेयर पदका लागि १३ र र उपप्रमुखको उम्मेदवारका लागि ४ जनाको नाम सिफारिस गरेको छ ।

एक नेताका अनुसार मेयरका लागि जिल्ला अध्यक्षसमेत रहेका धनराज आचार्य, श्रीनाथ बराल, देवेन्द्र बास्तोला, दाताराम आचार्य, मदनकाजी श्रेष्ठ, विजय बाबु वनबासी लगायतको नाम मेयरको उम्मेदवारका लागि सिफारिस भएको छ ।

त्यस्तै उपप्रमुखको उम्मेदवारका लागि जिल्ला सचिव होम नेपाली, पूर्ण लामा, संगीता शर्मा र महेन्द्र गुरुङको नाम सिफारिस गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !