१४ बैशाख २०८१, शुक्रबार

चुनाव नजिकिंदै गर्दा राप्रपा अध्यक्ष लिङ्देनले लिए जिवित देवी कुमारीको आशिर्वाद


चुनाव नजिकिंदै गर्दा राप्रपा अध्यक्ष लिङ्देनले लिए जिवित देवी कुमारीको आशिर्वाद

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तहको निर्वाचन नजिकिंदै गर्दा जिवित देवी कुमारीको आशिर्वाद लिएका छन् । राप्रपा अध्यक्ष लिङ्देनले बसन्तपुरस्थित कुमारी घरमा पुगेर जिवित देवी कुमारी र अन्य ९ जना पूर्व कुमारीहरूबाट आशिर्वाद लिएका हुन् ।

स्थानीय निर्वाचनको लागि देश दौडडा रहेका लिङ्देनले हिजो बैशाख १ गते नयाँ बर्षको अबसर पारेर बसन्तपुरस्थित कुमारी घरमा जिवित देवी कुमारी र जीवित सबै पूर्व कुमारीहरूको समेत एकसाथ दर्शन र आशिर्वाद लिएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र कायम गरौं भन्दै निर्वाचनको अभियानमा होभिएको बेला यो आर्शिबादले उत्साह थपेको प्रवक्ता श्रेष्ठले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !