२३ बैशाख २०८१, आइतबार

वीरगञ्जका मेयर सरावगीलाई पुनः उम्मेदवार बनाउन एमालेद्वारा सिफारिस


वीरगञ्ज । नेकपा (एमाले) ले मधेस प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाका वर्तमान मेयर विजयकुमार सरावगीलाई पार्टीको उम्मेदवार बनाउन सिफारिस गरेको छ ।

एमाले वीरगञ्ज महानगरपालिका कमिटीका अनुसार पार्टीको नगर कार्य समितिको बैठकले मेयरमा सरावगीलाई उक्त पार्टीका तर्फबाट उम्मेदवार बनाउन नाम सर्वसहमतिबाट जिल्लास्तरमा सिफारिस गरेको हो ।

तत्कालीन सङ्घीय समाजवादी फोरमबाट निर्वाचित मेयर सरावगी जनता समाजवादी पार्टी (जसपा) त्यागेर एक महिनाअघि एमालेमा प्रवेश गरेका थिए । जसपा पार्टीका कार्यकर्ताले महानगरको विकासमा आफूलाई काम गर्न अप्ठे्यारो पारेको आरोप लगाउँदै सरावगीले पार्टी छाडेको जिकिर गर्दै आएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !