१४ बैशाख २०८१, शुक्रबार

सरकार जनतालाई बोझ र जिउँदो लास : पौडेल


विष्णु पौडेल फाइल फोटो

बझाङ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का नेता विष्णु पौडेलले गठबन्धन सरकार जनताका लागि बोझ बनेको टिप्पणी गरेका छन् ।

नेता पौडेलले परमादेशका आधारमा बनेको शेरबहादुर देउवा सरकार राष्ट्रियता र विकास विरोधी रहेको समेत बताए ।

सोमबार बझाङमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेता पौडेलले गठबन्धन सरकार नेपाल र नेपाली समाजका लागि बोझ र जिउँदो लास भएको समेत बताए।

“परमादेशका आधारमा बनेको सरकारलाई नेपाली जनताले विस्थापित गर्न चाहान्छन् ।”, उनले भने ।

आगामी निर्वाचनपछि नेकपा एमालेले बहुमतको सरकार बनाउने र विकासलाई निरन्तरता दिने नेता पौडेलले दावी समेत गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !