२१ बैशाख २०८१, शुक्रबार

अर्थमन्त्रीलाई असहयोग गरेका कारण गभर्नरमाथि कारबाही : प्रधानमन्त्री देउवा


शेरबहादुर देउवा फाइल फोटो

काठमाडौंं । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री जनार्दन शर्मालाई असहयोग गरेका कारण गभर्नर महाप्रसाद अधिकारीलाई कारबाही गर्नु परेको स्पष्टीकरण दिएका छन् ।

प्रधानमन्त्री देउवाले अर्थमन्त्री शर्मालाई असहयोग गरेका भनेको कारण कारबाही गरेको बताएका छन् । सत्तारुढ दलको बैठकमा प्रधानमन्त्री देउवाले अर्थमन्त्रीले आफूलाई गभर्नरले एकदम धेरै असहयोग गरेको बताएको सुनाए ।

गभर्नरलाई पदमुक्त गर्न सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ समिति बनाएसँगै अधिकारी स्वतः निलम्बनमा परेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !