२४ बैशाख २०८१, सोमबार

जसपा नेपालद्वारा दुई जनालाई राजदूतको नियुक्ति सिफारिस


नवराज सुवेदी र डा. राम सोगरथ राय

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले दुई जनालाई राजदूत नियुक्तिको लागि नाम सिफारिस गरेको छ । डा. राम सोगरथ रायलाई डेनमार्क र नवराज सुवेदीलाई साउदी अरबको राजदूतको रूपमा सरकारलाई नाम सिफारिस गरिएको छ ।

आज बिहिवार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको तीन सदस्यीय मुख्यालयको बैठकले डा. राय र सुवेदीको नाम तय गरेको हो । राजदूत नियुक्तिको लागि बिहिवार नै परराष्ट्र मन्त्री डा. नारायण खड्कालाई बुझाईएको हो ।

पार्टी मुख्यालय समितिमा पार्टी अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक कुमार राई रहेका छन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !