२२ बैशाख २०८१, शनिबार

निर्वाचन आयोगले दलहरुलाई बोलाएको बैठकमै चरम विवाद र चर्काचर्की


वाद र चर्काचर्की

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा भाग लिने दलका नेताहरुलाई बोलाएको बैठकमै चरम विवाद र चर्काचर्की भएको छ । स्थानीय निर्वाचन आचारसंहिता प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्न आज मंगलबार बोलाइएको बैठकमा विवाद र चर्काचर्की भएको हो ।

निर्वाचन आयोगमा साना दलहरूले आचारसंहिता बनाउँदा आफूहरूलाई जानकारी नगराएको र हस्ताक्षर मात्रै गर्न बोलाइएको भन्दै ती दलका नेताहरुले विरोध प्रकट गरेका हुन् । ६ दल र निर्वाचन आयोगको सिन्डिकेटबाट आचारसंहिता निर्माण भएकोमा साना दललाई थाहा नदिएर हस्ताक्षर मात्रै गर्न बोलाएकोले साना दलका नेताहरु आक्रोशित भएका हुन् ।

निर्वाचन आयोगले २०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिने ७९ राजनीतिक दलहरूलाई निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाउन आज मंगलवार बोलाएको थियो । साना दलका नेताहरुले उठेर आपत्ति जनाउन थालेपछि केहीबेर बैठक नै स्थगित समेत भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !