१५ बैशाख २०८१, शनिबार

प्रधानमन्त्री देउवाले पाँचौँ बिम्स्टेक सम्मेलनलाई आज सम्बोधन गर्दै


प्रधानमन्त्री शेरबहादुर देउवा फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) को पाँचौँ शिखर सम्मेलनलाई आज श्रव्यदृश्यका माध्यमबाट सम्बोधन गर्दै छन् ।

प्रधानमन्त्री देउवा नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री डा. नारायण खड्का, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानबहादुर देउवा, मुख्यसचिव शङ्करदास वैरागी, परराष्ट्र सचिव भरतराज पौड्याल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री खड्का हिजो चैत १५ गते श्रीलङ्काको कोलम्बोमा हुने बिम्स्टेकको १८ औँ मन्त्रिस्तरीय बैठकमा सहभागी भएका छन् । त्यहाँ रहँदा उनले बिम्स्टेक सदस्य राष्ट्रका समकक्षीहरूसँग द्विपक्षीय गर्दैछन् । बैठकमा भाग लिन मन्त्री खड्का चैत १४ गते कोलम्बो प्रस्थान गरेका थिए भने भोलि चैत १७ गते काठमाडौँ फर्कनेछन् ।

परराष्ट्र मन्त्रालयका सहसचिव तथा क्षेत्रीय सङ्गठन महाशाखा प्रमुख घनश्याम भण्डारीे नेतृत्वको नेपाली प्रतिनिधिमण्डल यही चैत १४ गते हुने बिम्स्टेकका वरिष्ठ अधिकारीहरूको २२ औँ बैठकमा शारीरिक रूपमा सहभागी भएका छन् ।

पाँचौँ बिमस्टेक शिखर सम्मेलन र त्यसअघिका बैठकहरू कोलम्बोमा चैत १४ देखि १६ ‘हाइब्रिड’ ढाँचामा शुरु भएको छ । यस वर्षको शिखर सम्मेलनको नारा ‘स्वस्थ्य जनता,उत्थानशील क्षेत्र, समृद्ध अर्थतन्त्रतर्फ बिम्स्टेक’ रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !