१४ बैशाख २०८१, शुक्रबार

प्रचण्ड र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता


पुष्पकमल दाहाल र वाङ यी

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको हो । प्रचण्ड र नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री यीवीच काठमाडौंको नक्साल नागपोखरीस्थित मेरियट होटेलमा भेटवार्ता भएको हो ।

चिनियाँ विदेशमन्त्रीलाई भेट्न प्रचण्ड मेरियट होटलमा पुगेका थिए । भेटमा माओवादी नेता नारायणकाजी श्रेष्ठलगायत पनि सहभागी थिए । यसअघि मेरियटमै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित एमाले नेताहरूसँग विदेशमन्त्री यीसंग भेटवार्ता भएको थियो ।

प्रचण्ड मेरियट पुग्दा अध्यक्ष ओली र यीबीचको भेटवार्ता जारी रहेको थियो । आज बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका वाङ यी आजै चीन फर्किनेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !