१५ बैशाख २०८१, शनिबार

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र गृहमन्त्री खाँणबीच भेटवार्ता


माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र गृहमन्त्री खाँणबीच भेटवार्ता

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री बालकृष्ण खाँणबीच आज भेटवार्ता भएको छ । आज बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटघाट भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा समसामयिक राजनीतिक विषय, स्थानीय तहको निर्वाचन र मुलुकको शान्ति सुरक्षाको वर्तमान अवस्थाबारे छलफल भएको जनाइएको छ । सरकारले आगामी वैशाख ३० मा स्थानीय तह निर्वाचनको मिति निर्धारण गरेको छ ।

निर्वाचनको मिति नजिकिँदै गर्दा गृहमन्त्री खाँणले सत्तारुढ घटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटघाट गरेका हुन् । स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन चुनावी तालमेल गरेर अगाडि बढ्ने विषयमा छलफल पनि भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !