२४ बैशाख २०८१, सोमबार

प्रधानमन्त्री शक्ति सञ्चयमा लाग्नु अनुचित : जबरा


pashupati

१० वैशाख, काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शमशेर जबराले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई शक्ति सञ्चयमा नलाग्न सुझाव दिएका छन् । उनले प्रधानमन्त्रीले शक्ति सञ्चयमा भन्दा विकासमा ध्यान दिनुपर्ने बताए ।

‘प्रधानमन्त्री ओलीले आफूलाई शक्तिशाली बनाउन विभिन्न निकायलाई आफू मातहत ल्याउने काम गरेका छन्,’ जबराले विज्ञप्तिमा भनेका छन्, ‘शक्ति सञ्चयभन्दा मुलुकको मुहार फेर्ने काममा एकलव्य भएर लागेमा अरु दलहरुले पनि सहयोग गर्छन् ।’

उनले राप्रपा प्रजातान्त्रिक अहिले प्रधानमन्त्री ओलीको आलोचना गर्ने पक्षमा भने नरहेको बताएका छन् । साथै राणाले पार्टीको अवस्था र मुलुकको स्थितिलाई मध्यनजर गर्दै राप्रपा प्रजातान्त्रिकको संगठनलाई बजबुद बनाउनुपर्ने अवस्था आएको बताएका छन् ।

उनले राप्रपाका सबै धारहरुलाई एकत्रित भएर शशक्त राष्ट्रवादी शक्ति निर्माणको अभियानमा लाग्न समेत अपिल गरेका छन् । राप्रपा आफू, कमल थापा र प्रकाशचन्द्र लोहोनीको मात्रै पार्टी नभएकोले मिलेर जानुपर्ने अवस्था आएको उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !