२० बैशाख २०८१, बिहिबार

प्रभु साहविरुद्ध केन्द्रीय सदस्य रेखाकुमारीले दिइन् उजुरी


प्रभु साह

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) केन्द्रीय सदस्य रेखाकुमारी झाले बिहीबारको केन्द्रीय कमिटी बैठबकमा नेता प्रभु साहविरुद्ध उजुरी दिएकी छन् ।

झाले रौतहट जिल्ला अधिवेशनमा पाँच पदाधिकारीलाई मध्यरातमा अज्ञात स्थलमा लगेर शपथ खुवाइएको आरोप लगाएकी छन् । जिल्ला अधिवेशन फेरि गर्नुपर्ने उनको माग छ ।

उजुरी पत्रमा भनिएको छ, ‘रौतहट जिल्ला अधिवेशन हल सम्पूर्णले गरेको विरोध र असहमतिका बाबजुद हलले अनुमोदन नै नगरेका पाँचजना पदाधिकारीलाई मध्यरातमा नेता प्रभु साहको नेतृत्वमा अज्ञात स्थलमा लगी शपथ खुवाइएको कार्यको घोर निन्दा गर्दै तमाम इमानदार योद्धा कमरेडहरूको उच्च आत्मबललाई निराशामा परिणत नगरी दिनुहुन केन्द्रीय अध्यक्ष कमरेडलाई आग्रह गर्न चाहन्छु ।’

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !