२५ बैशाख २०८१, मंगलबार

कांग्रेसले गरेका कामको जनतालाई बुझाएर निर्वाचनमा मत माग्नुपर्छ : रामचन्द्र पौडेल

विपक्षी दलका भ्रमलाई कांग्रेसले चिर्नुपर्ने रामचन्द्रको भनाई


रामचन्द्र पौडेल g]sf g]tf kf}8]n bdf}nL, !) r}t M g]kfnL sfFu|]; Jof; gu/kflnsf– @ n] laxLaf/ kf6L{ sfof{nodf cfof]hgf u/]sf] sfo{stf{ e]nfnfO{ ;Daf]wg ub}{ jl/i7 g]tf /fdrGb| kf}8]n . t:jL/ M s[i0f Gof}kfg]÷/f;;

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले गरेका कामका बारेमा जनतालाई जानकारी गराएर आगामी निर्वाचनमा मत माग्नुपर्ने बताएका छन् । कांग्रेस व्यास नगरपालिका–२ ले आज दमौलीमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले कांग्रेसले सरकारको नेतृत्व गर्दा गरेका कामका बारेमा जनतालाई जानकारी गराउनुपर्छ भने ।

उनले भने, “विपक्षी दलहरुले जनतालाई भ्रममा पार्ने कोसिस गरिरहेको छन् । त्यस्ता भ्रमलाई कांग्रेसले चिर्नसक्नुपर्छ ।” कांग्रेसका बारेमा जनतालाई बुझाउन हरेक नेता तथा कार्यकर्ताले अध्ययन, चिन्तन र मनन गर्नुपर्ने वरिष्ठ नेता पौडेलको भनाइ थियो ।

फरक प्रसङ्गमा उनले व्यास नगरपालिकालाई प्रकृतिमैत्री बनाउने चुनौती थपिएको बताए । नगरपालिकाभित्र बनेका संरचनाले नगर क्षेत्र साँघुरिँदै गएकामा उनले चिन्ता व्यक्त गरे ।

कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले पार्टी सरकारमा हुँदा भएका राम्रा कामका बारेमा प्रचार गर्नुपर्नेमा जोड दिए । कांग्रेस जिल्ला सभापति जितप्रकाश आलेले कांग्रेसले आचरण सुधार गर्नुपर्नेमा जोड दिँदै योग्य, क्रियाशील र क्षमतावानलाई स्थानीय चुनावमा टिकट दिइने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !