२० बैशाख २०८१, बिहिबार

एमाले केन्द्रीय सदस्य ठाकुरसहित नेताहरु जसपामा प्रवेश


रञ्जु ठाकुर

सप्तरी । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका केन्द्रीय सदस्य रञ्जु ठाकुर जनता समाजवादी पार्टीमा प्रवेश गरेकी छन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले ठाकुरलाई बुधबार अबिर,माला र गम्छा लगाएर पार्टी प्रवेश गराएका हुन् ।

एक नेताका अनुसार उनीसँगै राजविराजका उद्योगपति समाजसेवी अरूण प्रधानलगायत नेता तथा कार्यकर्ताहरू एमाले पार्टी परित्याग गरी जसपा नेपालमा प्रवेश गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !