२३ बैशाख २०८१, आइतबार

ओली सरकार चलाउन असफल : मन्त्री बडू


दिलेन्द्र प्रसाद बडू

काठमाडौं । कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री दिलेन्द्रप्रसाद बडुले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सरकार चलाउन असफल भएको टिप्पणी गरेका छन् । मन्त्री बडूले एमाले सरकार संविधानभन्दा बाहिर गएर सञ्चालन गर्दा समय अगाडि नै बाहिरिनुपरेको बताए ।

आज एक कार्यक्रममा बोल्दै मन्त्री बडुले यस्तो बताएका हुन् । मन्त्री बडुले देशको प्रधानमन्त्री हुँदा जनताको भावना बुझ्न नसकेको, देश र जनता भन्दा बाहिर गएर सरकार चलाउन खोजेकाले बाहिरिनुपरेको बताए ।

अहिलेको सरकार विशेष परिस्थितिमा विशेष दायित्वका साथ बनेको भन्दै खतरामा परेको संविधानको रक्षा गर्नु सरकारको मूल जिम्मेवारी भएको मन्त्री बडुले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !