२२ बैशाख २०८१, शनिबार

आसन्न चुनावमा वाम एकताबारे ओलीलाई बुझाउन बाँकी छ : घनश्याम भुसाल


घनश्याम भुसाल

काठमाडौं । एमालेका नेता घनश्याम भुसालले नेकपाको विभाजन र कम्युनिस्ट एकताको औचित्य पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बुझाउन बाँकी रहेको बताएका छन् ।

नेता भुसालले कम्युनिस्ट एकतामा कृत्रिम रूपले गालीगलौजको भरमा बनाइएको दूरी भत्काउन सकिने समेत बताए । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् ।

हामी जिम्मेवार छौँ भन्दियो भने आसन्न चुनावमा वाम एकता हुने प्रशस्त सम्भावना रहेको नेता भुसालले बताए । पार्टी एकताका लागि छलफल चलाउन उनले बताए ।

अध्यक्ष ओलीलाई बुझाउन बाँकी रहेको र अरूले तहअनुसार बुझेको उनले बताए । माओवादी र नेकपा (एस) मा अवस्था उस्तै भएको समेत बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !