१९ बैशाख २०८१, बुधबार

शेखर कोइराला भन्छन्- एमाले र माओवादीहरू फेरि मिल्लान् कि भन्ने चिन्ता छ


डा. शेखर कोइराला

विराटनगर । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वाम दलहरू फेरि मिल्न सक्ने बताएका छन् ।

मंगलबार विराटनगरमा पार्टीको चुनावी गीत सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै नेता कोइरालाले वाम दलहरू फेरि मिल्न सक्ने चिन्ता कांग्रेसलाई भएको बताए ।

२०७४ मा जस्तो एमाले र माओवादीहरू फेरि मिल्लान् कि भन्ने चिन्ता पनि रहेको उनले बताए ।

नेता कोइरालाले अहिले मेरो देशभरिका कार्यकर्ता साथीहरूसँग कुराकानी भइरहेको र सबैको मत गठबन्धन गरेर जानु हुँदैन भन्ने रहेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !